Websoft University

सक्रान्तिबजार आगलागीबाट १४ करोड ८ लाखको क्षति भएछ



तेह्रथुम, पुस १० गते।
तेह्रथुमको सक्रान्तिबजारमा गत साता भएको आगलागीबाट क्षतिको विवरण सार्वजनिक भएको छ ।

पुष १ गते भएको आगलागीबाट क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले एक साता लगाएर गरेको मुचुल्का अनुसार आगोबाट घर र धनमालको गरी १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ ।

आगलागीबाट घर, किराना, फेन्सी, कपडा पसल, सघसंस्थाका कार्यालय, होटल, ग्यारेज र सुनचाँदी पसल जल्दा यो क्षति भएको तेह्रथुमका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पीडितहरुलाई निजी क्षेत्रबाट राहत संकलन तथा वितरण पनि भइरहेको छ । आजसम्म दैवी प्रकोप उद्धार समितिले संचालन गरेको ‘सक्रान्तिबजार अग्नीपीडित राहत तथा पुनःस्थापना कोष’ मा करिब ४ लाख रुपैयाँ जम्मा भएको छ ।

जिल्लामा स्थानीय शान्ति समिति र रेडक्रसले राहत संकलन गरिरहेका छन् । आगलागी हुँदा सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.