मोरङ, पुस २ गते।
मोरङको रंगेली नगरपालिका १० स्थित करण कुमार दास र गान्धीलाल दासको गोठमा गएराती आगलागी हुँदा १६ चौपाया जलेर मरेका छन।
रंगेली-१० शिवालय टोल बस्ने करण दासको घर पछाडी रहेको गोठमा राती ११;३० बजे अचानक आगलागी हुँदा उनको नजिकै रहेको गान्धीलाल दासको समेत गोठ जलेको हो।
गोठमा लागेको आगोमा परी दुबै जनाको गोठमा बाँधेको गोरू-१, गाई-२, बाछी-२, बहर-२, खसी-३ र बाख्रा-६ जलेर मरेका छन्। आगलागीबाट दुबैको चार लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको टोली र गाउँलेको सहयोगमा राती १ बजे नियन्त्रण गरिएको छ।
Post a Comment