विराटनगर पुस ११ गते । २०७३, रातो तारा डट कम-
सातोै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको ८ सय मिटर दौडको महिला र पुरुष इभेन्टमा नेपाल आर्मीले दुई स्वर्ण पदक जितेको छ। ८ सय मिटर दौड महिलामा आर्मीकी सरस्वती भट्टराई र ८ सय मिटर दौड पुरुषमा आर्मीकै सोमबहादुर कुमालले स्वर्ण पदक जितेका हुन्।
महिला ८ सय मिटर दौड भट्टराईले २ मिनेट १९।४२ सेकेन्डमा पूरा गरेर स्वर्ण जितिन्। त्यस्तै पुरुष ८ सय मिटर दौड २ मिनेट २।४७ सेकेन्डमा पूरा गरेर सोमबहादुरले स्वर्ण जितेका हुन्। ८ सय मिटरको दुबै इभेन्टमा रजत पदक पनि आर्मीले नै जितेको छ। महिलातर्फ आर्मीकै सानुमाया कार्कीले २ मिनेट २५।५६ सेकेन्डमा पूरा गरेर रजत जितिन् भने पुरुषतर्फ जीवन चौधरीले २ मिनेट ४।७१ सेकेन्डमा पूरा गरेर रजत जिते। महिला ८ सय मिटर दौडमा सुदूर पश्चिमकी सीमाकुमारी चौधरीले २ मिनेट ३१।६२ सेकेन्डमा दौड पूरा गरेर कास्य जितिन्। पुरुष ८ सय मिटरमा सशस्त्र प्रहरीका हिक्मत कार्कीले २ मिनेट ४।८७ सेकेन्डमा पूरा गरेर कास्य पदक जिते।
Post a Comment