धनकुटा, ४ पौष ।
तेह्रथुमको आठराई सन्क्रान्ती बजारका अग्नी पिडितहरुको सहयोगको लागि धनकुटामा राहत संकलन शुरु गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा नेपाल रेडक्रस धनकुटा, पत्रकार महासंघ, वजार ब्यबस्थापन समित लगायत बिभिन्न संघ संस्थाले सहयोग संकलन सुरु गरेका हुन् ।
अस्ति शनिबारदेखि सुरु गरिएको सो राहत संकलन टोलिले धनकुटा र हिले बजारका बासिन्दाबाट करीव ९५ हजार रुपैया संकलन गरेको छ । अझै धनकुटाको भेडेटार, पाख्रीबास र सिँधुवा बजारमा राहत रकम संकलन गरी अग्नि पिडितलाई दिने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।
गत शुक्रवार तेह्रथुमको सन्क्रान्ती बजारमा आगलागिमा परी ३२ घर जलेको थियो ।
Post a Comment