सप्तरी, मंसिर १७ गते।
सप्तरीको मलेकपुर ५ खुरुरिया स्थित एक ईट्टा उधोगको खाल्डोमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ।
मलेकपुर ५ स्थित सिता ईट्टा उधोगमा माटो मुछ्न बनाईएको खाल्डोमा डुबेर सोही उधोगमा काम गर्ने भारतीय मजदुर फुलचन्द्र अलिको ४ वर्षिय छोरा सनिहुल अलिको बिहान ११ बजे ज्यान गएको सुरक्षा वेश क्याम्प पत्थरगाढाले जनाएको छ।
घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
Post a Comment