Websoft University

मङ्सिरे पुर्णिमा नकाउट फुटबल खेलमा खुवाफोक धनकुटा विजयी



युवराज ठकुरी/सिंहदेवी,मोरङ, पुस ४ गते ।
उत्तरी मोरङ सिंहदेवीमा जारी मङ्सिरे पुर्णिमा नकाउट फुटबल प्रतियोगितामा मोरङ केराबारीलाई ३गोलले पछि पार्दै खुवाफोक धनकुटाले विजयी हासिल गरेको छ।
   
खुवाफोक धनकुटाका तर्फबाट विशाल याखाले शुरूवातमा १गोल गरे पछि खेलमा रोचकता थपिएको थियो।पुनः खुवाफोक धनकुटाका तर्फबाट जर्सी नम्बर ३का रुपेश याखाले थप एक गोल गर्दै अग्र स्थानमा  आए पछि केराबारीले १गोल फर्काउन सफल भए पनि खुवाफोक धनकुटाका तर्फबाट रुपेश याखाले सरासर २गोल थपेर ४गोल बनाए पछि जीत हासिल गरेका थिए।

त्यसै गरि  तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा  धनकुटा वसन्तटार आइतबारेलाई पछि पार्दै सिंहदेवी -६,खर्बनीले तेस्रो स्थान ओगट्न सफल भएका छ्न।

मङ्सिरे पुर्णिमा नकाउट फुटबल खेलको समापन समारोह तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट खेलाडीका रुपमा खुवाफोकका रुपेश याखा,अनुशासित खेलाडीका रुपमा केराबारी मोरङका सुर्य थापा,उत्कृष्ट गोलकर्ताका रुपमा केराबारी मोरङका प्रवेश बस्नेत र म्यान अफ द म्याच सिंहदेवी६ खर्बनीका हरि तुम्सा घोषित भएका थिए।

पुरस्कार वितरणको औपचारिक कार्यक्रम सचिव कमल ठकुरीको सन्चालन र अध्यक्ष खड्गबहादुर ठकुरीको सभापतित्वमा भएको थियो।कार्यक्रममा कल्याणकारी माविका प्रअको प्रमुख आथित्यता अथितिहरुमा  खेलकुद संयोजक सुमन लिङ्दम,कल्याणकारी माविका शिक्षक हेमबहादुर ठकुरी,कृष्ण ठकुरी,नेपाली काङ्ग्रेसका लक्ष्मी
मैयाँ शाही,एमालेका दीलिप ठकुरी,लक्ष्मी प्राविका कुमारी खड्काको उपस्तिथिमा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा खेलकुद संयोजक सुमन लिङ्दम,स्थानीय सन्चारकर्मी युवराज ठकुरी,कल्याणकारी माविका डब्लुबिक्रम खाणठकुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रतियोगितामा तेस्रो हुनेलाई पाँच हजार प्रमाणपत्र ट्रफी
र मेडल,दोस्रो हुनेलाई पन्ध्र हजार प्रमाणपत्र ,ट्रफी र मेडल
र पहिलो हुनेलाई तीस हजार र प्रमाणपत्र ,ट्रफी र मेडल पुरस्कार वितरण गरिएको आयोजक समितिका सचिव कमल ठकुरीले बताए  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.