विराटनगर, १७ मंसिर । मोरङको उर्लाबारी – १ स्थित आईतबारे – खोर्सानेबारी कालापत्रे सडक निर्माणको हिसाब आज बिहान सार्वजनिक गरिएको छ ।
सडक निर्माण उपभोक्ता समितिले एक कार्यक्रमको आयोजना गरी सडक कालोपत्रेको हिसाब सार्वजनिक गरेको हो । उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर कटुवालका अनुसार चार सय ५ मिटर लम्बाई र ४० फुट चौडाई भएको सो सडक कालोपत्रेका लागि ४८ लाख ५८ हजार १ सय ५५ रुपैया खर्च भएको छ ।
सडक कालोपत्रे गर्नका लागि उर्लाबारी नगरपालिकाले २३ लाख रुपैया दिएको थियो भने अरु स्थानिय उपभोक्ताहरुबाट संकलन गरिएको थियो । हिसाब सार्वजनिक कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगरको पनि उपस्थिति रहेको थियो।
Post a Comment