Websoft University

स्थानीय तह करिब ७३० पुग्ने



काठमाडौं, पुस ९ गते ।
स्थानीय तह पुनर्संरचना आयोगमा जिल्लाबाट सिफारिस भएर आएका स्थानीय तहको संख्या सात सय आठ पुगेको छ । तर, केही जिल्लाबाट थप संख्याका लागि आग्रह भएकाले सबै मिलान गर्दा संख्या करिब ७३० पुग्ने भएको छ ।

पुनर्संरचनापछि अहिलेको २१७ नगरपालिकाको संख्या पनि बढेर करिब तीन सय पुग्नेछ । महानगरपालिकाको संख्या पनि बढ्नेछ । ललितपुर, भरतपुर, पोखरा र विराटनगरमहानगरपालिकामा स्तरोन्नति हुने सम्भावना छ । सबैभन्दा ठूला स्थानीय तह भौगोलिक रूपले सबैभन्दा ठूूलो स्थानीय तह मुगुमा हुने सम्भावना रहेको आयोग स्रोतले बताएको छ ।

आयोगले मुगुमा बढीमा पाँच स्थानीय तह बनाउने गरी मापदण्ड तोकेको थियो । तर, स्थानीयले भूगोलको बनोट नमिलेका कारण आठ वा चारवटा स्थानीय तह बनाउन उपयुक्त हुने सुझाब दिएपछि चार वटा सिफारिस भएको
छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.