विराटनगर, मंसिर १७ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दर्ता भई सकेको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने विस्वास ब्यक्त गर्नुभएको छ । शुक्रबार बिहान विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले संशोधनको पक्षमा सबैले भोट हाल्ने विश्वास व्यक्त गर्दै संशोधन प्रस्ताव पास हुने बताउनुभयो ।
संविधान संशोधन प्रस्तावमा मधेसवादी दलनै सहमत हुन नसकेको अबस्थामा ल्याइएको संविधान संशोधनले समस्या समाधान गर्ला, भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा देउवाले पहाडमा पहाडले र मधेसमा मधेसीले आन्दोलन गरेर समस्याको समाधान नहुने बताउँदै मधेसवादी दलसहित एमाले पनि संविधान संशोधनमा सहमतिमा आउने दाबी गर्नुभयो ।
‘पहाडमा पहाडले र मधेसमा मधेसीले आन्दोलन गरेर समस्याको समाधान हँदैन, उहाँले भन्नुभयो, जहाँसम्म आफ्नै दलका कार्याकर्ताहरु आन्दोलनमा छन् भन्ने प्रश्न हो, त्यसको म समाधान गर्छु ।’
अर्को प्रशंगमा सभापति देउवाले स्थानीय निकायको निर्वाचन गराउने बारेमा स्थानीय निकाय पुनर्संरचना आयोगलाई इलाकालाई आधार बनाएर पुनर्संरचना बनाउनको लागि दलहरुमा सहमति जुटे अनुसार आयोगले काम गरि रहेकोले आयोगको प्रतिबेदन आउने बितिकै सबै दलहरु निर्वाचनमा जाने बिषयमा समस्या नरहेको बताउनुभयो ।
नेपाली कांग्रेस मोरङका कार्याकर्ताहरूले बिराटनगरमा १४ किलोको माला लगाइ स्वागत गर्दै १ न प्रदेशको राजधानी बिराटनगरमा बनाइ दिन अनुरोध गरेकाा थिए ।
Post a Comment