Websoft University

लोडसेडिङ हटाउन घिसिङलाई असहयोग गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त



काठमाडौं, पुस ४ गते।
उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जनालाई बर्खास्त गरेको छ । प्राधिकरणको सञ्चालक समितिका सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई चित्तबुझ्दो स्पष्टिकरण नदिएको भन्दै उर्जामन्त्री जनार्दन शर्माले बर्खास्त गर्नुभएको हो ।

लोडसेडिङ हटाउने अभियानमा रहेका प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई काम गर्न अवरोध गरेको भन्दै मन्त्री शर्माले तीनैजना सदस्यलाई स्पष्टिकरण सोध्नुभएको थियो ।
उनीहरुले मन्त्रालयको स्पष्टिकरणको पत्र बुझ्न अस्वीकार गरेपछि मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको थियो ।

तर, उनीहरुले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि तीनैजना सदस्यलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.