Websoft University

सिर्जनाले दियो, बम्पर बोनस



बिराटनगर, पुस ३ गते ।
सिर्जना फाईनान्स लिमिटेडको सोह्रौं बार्षिक सधारण सभा बिराटनगर स्थित उद्योग संगठन मोरंगको सभाहलमा आज शनिबार सम्पन्न भएको छ ।

सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा शुरु भएको सो सभामा सञ्चालक लिलाकुमार ढुगेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत भबानी शंकर चापागाञीले सिर्जना फाइनान्सको बिगत र भाबी योजनाहरुका बारे संक्षिप्त चर्चा गर्दै यसै आर्थिक बर्षमा निक्षेप, कर्जा र मुनाफाको हिसाबले नेपाल राष्ट्र बैकबाट स्वीकृत फाईनान्स कम्पनीहरु मध्ये सिर्जना फाईनान्स लिमिटेड पहिलो हुनेछ भनी उदघोष गर्नु भयो ।

शेयर सदस्य तथा उद्योग संगठन मोरंगका सभापित मुकेश कुमार उपाध्याय र मोरंग व्यापार संघका निबर्तमान अध्यक्ष अबिनाश बोहरा र पत्रकार महासंघ सभापति महेन्द्र बिष्टले सिर्जना फाईनान्स छिटै बाणिज्य बैंकमा स्तरोउन्नति होस भनी शुभ कामना मन्तव्य दिनु भयो ।

साधारण सभाले दुई अर्व सत्र करोड निक्षेप, एक अर्व एकानव्बे करोड कर्जा लगानी भएको २०७३ असार मसान्तको बार्षिक प्रतिवेदनलाई सर्वसम्मतिले पारीत गरेको छ । गत बर्ष सिर्जना फाईनान्सले तेह्र करोड बयालिसलाख सञ्चालन मुनाफा गरेको छ ।

२०७३ असार मसान्तको नाफाबाट पचास प्रतिशत बोनस शेयर र दुई दशमलब छियासठ्ठी प्रतिशत नगद लाभाँश बितरण गर्ने प्रस्ताब समेत पारीत भएकोछ । शेयरधनीलाई अत्यधिक बोनस दिने एभरेष्ट बैक पछि दोश्रो बित्तीय संस्था भएको छ । यो प्रस्ताब पारित भएपछि सिर्जना फाईनान्सको पूँजी तिस करोड चौबिसलाख पुगेको छ । चालु वर्षमा सिर्जनाले चौबिस करोड सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको छ । सो मुनाफाबाट बोनस शेयर बितरण गरी चुक्ता पूँजी चालिस करोड पुरा गर्ने भएको छ ।

यसै वर्ष सिर्जनाले मोरंगको कटहरी, रंगेली, पथरी, डाँगीहाट, सलकपुर सुनसरीको लौकही, हरीनगरा, महेन्द्रनगर र सप्तरीको फत्तेपुर, पातो र बोदेबर्साईनमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याउदैछ । मुख्य कार्यालय बिराटनगर, कञ्चनपुर शाखा र राजबिराज शाखामा एटिएम मेसीन सञ्चालनमा ल्याएको सिर्जनाले नयाँ खोलिने सबै शाखाहरुमा एटिएम जडान गर्दैछ । ग्राहक संख्या तिन लाख पु¥याउने र सिर्जना फाईनान्सलाई राष्ट्रिय स्तरको पहिलो वित्तीय संस्था बनाउने लक्ष्य लिएको छ ।

प्रभाकर देवकोटा
नायब प्रमुख कार्यकारी अधिकृत
श्री सिर्जना फाइनान्स, विराटनगर
२०७३÷०९÷२

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.