Websoft University

अबको निकास भनेको प्रस्ताव फिर्ता या स्थगन : महासचिव पोखरेल



काठमाडौं,बाग्लुङ, पुस १०  गते ।
नेकपा एमालेका महासचिव इश्वर पोखरलले संविधान संशोधन प्रस्ताव फिर्ता वा स्थगन गरेर वर्तमान समस्याको सहज निकास खोज्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले बाग्लुङ सदरमुकाममा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले फिर्ता लिएर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।

संविधान गतिशिल दस्तावेज भए पनि अहिलेको संशोधन प्रस्ताव कुनै अर्थमा पनि उपयुक्त नभएको पोखरेलले बताउनुभयो । संशोधन प्रस्ताव संविधानको किटानी व्यवस्था, राष्ट्रिय हित, सामाजिक सद्भाव, जनभावना विपरित र संविधानको ठाडो उल्लंघन गरी प्रस्ताव ल्याइएकाले यस बिषयमा संसदमा छलफल नहुने उहाँको भनाइ थियो ।

संविधान कार्यन्वयनका लागि अब निर्वाचन घोषणा गरेर अघि बढ्नुको बिकल्प नभएको पोखरलले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.