Websoft University

पहिलो ऎतिहासिक खेलमैदान हिलेथाम ओझेलमा




       www.ratotara.com- रातो तारा डट कम
युवराज ठकुरी /सिंहदेवी,मोरङ, पुस ९ गते ।
बनाउदा बनाउदै बनाउन बिर्सिए जस्तो,सम्झदा सम्झदै सम्झन बिर्सिए जस्तो,यस्तै यस्तै भएको छ उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवी-९मा अवस्थित  हिलेथाम।

धेरै अगाडि युवाहरुको मनमतिष्कमा गडेर बसेको थियो हिलेथाम।फुटबल प्रेमीहरु त झनै हिलेथाम भनेपछी हुरुक्कै हुन्थे सिंहदेवीका धेरै ठाउँलाई चर्चा बनाउन लागि परेता पनि हिलेथामलाई विकास गर्ने मात्रै नभएर टाढा र उकालो बाटो नभनी फुटबल खेल्न जानेहरुले पनि आजकाल फर्केर नहेर्ने गरेको स्थानीय फुटबलप्रेमी युवा विपन राई बताउछन् ।

२०४१साल असार  सिंहदेवी-९,कालीमाटी निवासी नरबहादुर राई , रत्नबहादुर राई र बमबहादुर राईको एक भेला बसी भविष्यमा फुटबल खेलमैदान बनाउने भन्दै विजयादसमीको अवसर पारेर सिंहदेवी-२चिसापानी र सिंहदेवी-९कालीमाटी बीच खेल खेलाएर औपचारिक उद्घाटन गरिएको स्थानीय समाजसेवी,बुद्धिजीवी नरेश राई बताउनुहुन्छ।

प्राकृतिक रुपमा पनि अत्यन्तै सुन्दर ठाउँमा अवस्थित रहेको हिलेथाममा सिंहदेवी गाविसकै महत्त्व बोकेर स्थापित हुँदैगरेको भए पनि खाने पानीको अभाव,पातलो वस्ती हुनु र मोटरबाटोको विस्तार नहुनुले पनि दिनानुदिन त्यहाँ जानेहरूको सङ्ख्या घटिरहेको छ।

सिंहदेवी ७,८,९र १,२ को शीरमा पर्ने हिलेथामलाई वेवास्था गर्नुको अर्को कारण भनेको सिंहदेवीका विभिन्न ठाउँमा खेलमैदान निर्माण गरिनु पनि एक रहेको छ।एक समय गाविस परिषदले पनि यसको विकास र विस्तारका लागि रकम छुटाएर स्तरोन्नतिको काम भएको थियो पछि लुथरनको अगुवाइमा खेलमैदानलाई शोभनीय बनाउन र सीमाङ्कनलाई स्पष्ट बनाइराख्न भन्दै खेलमैदान वरिपरि धुपी र सल्लाको बिरुवा लगाइको थियो।

माथिल्लो डाडामा सिंहदेवीको पर्यटकीय स्थल पाथीभरा(काफ्ले) पल्लो डाडा जेफाले र अलि वर मोरङको एकमात्र चियाबगान,सबैको एकै ठाउँ दृश्यावलोकन गर्दै स्वाद लिन सकिने र स्वच्छ प्राकृतिक वातावरणमा फुटबल खेलको मनोरञ्जन लिन सकिने भएता पनि यो १/२वर्षको अन्तरालमा कुनै अलि ठुलो प्रतियोगिता हुन नसकेको स्थानीय युवाहरू व्यक्त गर्छन्।

यसरी नै वेवास्ता गर्दै जाने हो भने उक्त खेलमैदान अतिक्रमण हुने डर रहेकाले गाविस स्तरीय नेतृत्वहरुको बेलैमा ध्यानाकर्षण जानु जरुरी रहेको देखिन्छ।हिलेथाम खेलमैदानको अस्तित्व बचाइराख्न र स्तरोन्नति गर्न समिति गठन गरेर नै लागि पर्ने स्थानीय खेलप्रेमी युवा बिपन राई बताउछन्।

हिलेथाममा  पुनः खेलाडी,खेलप्रेमीहरुको ध्यानाकर्षण गराउन सिङ्गो सिंहदेवीका सरोकारवाला निकायको बेलैमा ध्यान जाओस् ऎतिहासिक खेलमैदान बचाउ अभियानमा लाग्ने युवाहरू जन्मिउन शुभकामना...!

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.