इलाम, पुस ९ गते ।
भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र राङवाङग्राम पञ्चायतको बीचमा रहेको दसगजा क्षेत्रमा कच्ची गुम्बा पक्की बनाउन थालेको छ।
भारतीय पक्षले एक महिनाअघि गुम्बा निर्माणको तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माण नगर्न गरेको आग्रहविपरीत बिहीबार पुजा गरेर निर्माण थालेको छ।
निर्माणस्थल पुगेका सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरुले १४ वटा पक्की पिलर लगाएर गुम्बा निर्माण गर्न लागिएको जानकारी दिए । स्थानीय अगुवा बुद्ध तामाङले पिलर लागाएर छानामा टिन लगाउने जानकारी दिएको पनेरुले बताए ।
भरतीय पक्षले ४० बर्ष पुरानो गुम्बा मर्मत गर्ने बहानामा पक्की संरचना बनाउन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
Post a Comment