Websoft University

लोकमानको धड्कन उच्च गतिमा ! सर्वोच्चमा आज चल्दैछ बहस


काठमाडौँ, पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारबिहीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको धड्कनको गति खब तिब्रसँग बढेका खबरहरु आइरहेका छन् ।

संसदमा समेत महाअभियोग प्रक्रिया अघि बढिरहेका बेला कतै अदालतको फैसलाबाटै त बढारिनुपर्ने हैन भन्ने उनको मनको डर झनै नजिक आइपुगेको छ । आज सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा सर्वोच्च अदालतमा बहस हुने भएको छ ।

अधिकारबिहीन प्रमुख आयुक्तको योग्यता नपुगेको भनि दायर भएको रिट निवेदन खारेज भए तापनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसको पेसी आज बिहीबारलाई तोकिएको छ।

सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरि आदेश जारी गरिसकेको छ । नेपाल बार एसोसिएसनले भने आज बिहीबार बार डे परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदनबमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ ।

अधिकारविहीन अवस्थामा रहेका प्रमुख आयुक्त कार्कीविरुद्ध रिट निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले नेपाल बारले त्यसरी पत्र पठाएको भएपनि नहटाउन आदेश भएका कारण उक्त विषयको छलफल नरोकिन सक्ने बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.