काठमाडौँ, पुस ११ गते । २०७३, रातो तारा डट कम-
यसवर्ष धानको उत्पादनमा बृद्धि भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गतवर्ष ४२ लाख ९९ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यसवर्ष करिव ५२ लाख मेट्रिकटन धान उत्पादन भएकोे छ ।
मौसमको अनुकुलता, विउविजन एवं मलखादको सहज उपलब्धता र कृषिमा उपकरणको प्रयोगले धानको उत्पादनमा बृद्धि भएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जनाकारी दिनुभयो ।
तीनवर्ष भित्र मुलुकलाई कृषिमा आत्म निर्भर बनाउने सरकारको लक्ष रहेको छ । खाद्यान्नमा आत्म निर्भर बनाउनका लागि सरकारले चालु वर्षदेखि ३५ जिल्लामा बृहत धान उत्पादन र २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रम लागु गरेको कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले ठूला आयोजनामा देखिएको समस्या छिटो समाधान गरिने बताउनु भएको छ ।
अर्थ समितिको बैठकमा उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा छलफल गरेर विकास निर्माण र आयोजनाहरुमा देखिएका समस्या समाधान गरिने बताउनुभयो ।
उहाँले राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीले समेत नियमित अनुगमन गरिरहनुभएको जानकारी दिनुभयो ।
उपाध्यक्ष श्रेष्ठले काम पन्छाउने भन्दा पनि आफ्नो कामप्रति कर्मचारीहरु जिम्मेवार हुनु पर्ने उल्लेख गर्नुभयो ।
जहाँ मोवाइल त्यही मोवाइल महोत्सव भन्ने नाकासाथ यही पौष १३ गतेदेखि १९ गतेसम्म काठमाडौंको न्यूरोडमा मोवाइ महोत्सव हुने भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर मोवाइल खरिद कर्तालाई अधिकतम छुट दिने र मोवाइलका नयाँ ब्राण्ड बजारमा ल्याउनका लागि मेला आयोजना गरिएको नेपाल मोवाइल व्यवसायी संघले जनाएको छ ।
Post a Comment