रौतहट पुस ९ गते ।
रौतहटको चन्द्रपुर नगरक्षेत्रमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रण गर्ने अभियानलाई प्रहरीले तिब्र बनाएको छ ।मदिरा भट्टी संचालकहरुलाई प्रहरी कार्यालयमा छलफल गराइ लिखितरुपमै भट्टी संचालन नगर्ने प्रतिवद्धता गराएपनि केहीले अवैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी चलाइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकामा १३ वटा भट्टीबाट प्रहरीले दुई हजार लिटर तयारी मदिरा, दुई हजार किलोभन्दा बढी मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मदिराले भरेको ग्यालन, भाडाकुडा प्रहरीले बरामद गरेको छ ।चन्द्रपुर नगर क्षेत्रलाई घरेलु मदिरा निषेधित क्षेत्र बनाउन स्थानीय प्रशासनले केहि महिनायता सक्रियता देखाएको हो ।
Post a Comment