विराटनगर, ५ पुस ।
वर्तमान सरकारकै एक मन्त्रीको कम्पनीसँग घुस मागेपछि नेपाल आयल निगमका क्षेत्रीय हाकिमको जागिर गएको छ । भूमिसुधार मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन कम्पनीसित घुस मागेपछि नेपाल आयल निगमका क्षेत्रीय प्रबन्धक दिनेश यादवलाई आपूर्ति मन्त्रालयले निलम्बन गरेको हो । यादवले कालिकासँग डिजेलमा प्रतिलिटिर दुई रुपैँया घुस मागेको बताइएको छ । कालिका कन्स्ट्रक्सनले मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको छ। दुई महिनाअघि मात्रै विराटनगरमा सरुवा भएर आएका यादवले घुस मागेको पुष्टि भएपछि निलम्बिन गरी आपूर्ति मन्त्रालयले सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । टोलीले बिराटनगर डिपोमा भएको अनियमितता छानबिन गर्ने बताइएको छ।
Post a Comment