मोरङ, पुस ४ गते।
मोरङको बिराटनगर २१ बाट आइतबार साँझ लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा घर बताउने मनिष राई तथा जिल्ला उदयपुर कटारी नगरपालिका ३ बस्ने अंचल भुजेल छन्।
दुबैलाई आइतबार राती साढे नौ बजे इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले बिराटनगर २१ न्यू महेन्द्र चौकबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट लागूऔषध एभिल ९५ एम्पुल, डाईजोल्याब ९५ एम्पुल, लुपिजेसिक २५ एम्पुल र फेनारगन २३ एम्पुल बरामद भएको छ।
बरामद लागूऔषधसहित दुबैलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालयमा राखिएको छ।
Post a Comment