Websoft University

औद्योगिक व्यवसाय ऐनविरुद्ध आन्दोलन सुरु


विराटनगर पुस १० गतेे ।
औद्योगिक व्यवसाय सम्बन्धी ऐन खारेजीको माग गर्दै नेपाल कारखाना श्रमिक संघले आन्दोलन घोषणा गरेको छ । संघले आजआइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सरोकारवालाको सहमतिमा नीति तथा कानुनहरु बन्नु पर्ने भएपनि सरकार, रोजगारदाता र ट्रेड युनियनको समेत सहभागितामा संसदमा छलफलमा रहेको अवस्थामा त्यसलाई पारित गराउनुको साटो एकतर्फी रुपमा ऐन ल्याएको भन्दै संघले विरोध गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष धिरेन्द्रकुमार सिंहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिएका जानकारी दिनुभयो । पर्चा टाँस्नेदेखि हातमा कालोपट्टी बाँध्नेलगायत कार्यक्रम गरिने जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.