Websoft University

स्याटलाइटका लागी २० कम्पनीले प्रस्ताव




 काठमाडौं पुस ७ गते  ।

अन्तरिक्षमा नेपालले राख्न लागेको स्याटलाइटका लागी २० कम्पनीले प्रस्ताव पेश गरेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले अन्तरिक्षमा दिएको स्थानमा भू–उपग्रह (स्याटलाइट) राख्न विभिन्न मुलुका २० कम्पनीले प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव पेश गर्नेमा भारत, चीन, अमेरिका लगायतका देशका रहेका छन् ।

 नेपालले आफ्नै स्याटलाइट राख्नका लागि पहिलोपटक गरेको बोलपत्र आहवानको अन्तिम दिन बिहीबारसम्ममा अमेरिका र चीनबाट तीन–तीन, भारत, थाइल्यान्ड र सिंगापुरबाट दुई–दुई, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया, लग्जेम्बर्ग र इजराइलबाट एक–एक कम्पनीको आवेदन परेको छ ।

२० कम्पनीले आशयपत्र पठाएको प्रधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । प्रस्तावको अध्ययन गरेर छोटो सूची (सर्ट लिस्ट) बनाई त्यसमा पर्नेसँग थप व्यावसायिक र वित्तीय प्रस्ताव माग गर्ने उनको भनाई छ ।

सूचना तथा सञ्चार मन्त्रालयले गत भदौमा स्याटलाइटसम्बन्धी सम्पूर्ण काम अघि बढाउन प्राधिकरणलाई कार्यादेश दिएको थियो । सोही कार्यादेशअनुसार प्राधिकरणले स्याटलाइटको प्रक्रिया अघि बढाएको हो ।

अध्यक्ष झाका अनुसार छोटो सूची तयार गर्न कम्तीमा एक महिना लाग्नेछ । त्यसपछि सूचीमा परेका कम्पनीसँग थप व्यावसायिक प्रस्ताव माग गरिनेछ । व्यावसायिक प्रस्ताव प्राप्त भएपछि कम्पनी छनोट गरी काम सुरु गर्न भने केही महिना लाग्ने झाले जानकारी दिए ।

प्राधिकरणले गत असोज २० गते पहिलोपटक स्याटेलाइट राख्नका लागि बोलपत्रमार्फत विश्वभरका कम्पनीबाट आशयपत्र माग गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.