विराटनगर, पुस ३ गते । फोटो राजेन्द्र किराँती बाट
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षबाट भएको संसद अवरोधलाई गैर लोकतान्त्रिक र गैरसंसदीय चरित्रको रहेको बताउनुभयो ।
प्रतिपक्षको अवरोधका कारण सरकारले संविधान संशोधन प्रस्ताव संसदमा लैजान पाउने लोकतान्त्रिक प्रणालीलाई रोक्ने काम भएको आरोप लगाउनु भएको हो ।
आइतबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले संशोधन प्रस्ताव नै दर्ता हुन नदिनु गैरलोकतान्त्रिक र गैरसंसदीय चरित्र रहेको र त्यो काम प्रतिपक्षबाट भएको आरोप लगाउनुभयो ।
‘सरकारले यस खालको संशोधन प्रस्ताव दर्ता गर्न पाउँछ’ उहाँले भन्नुभयो, ‘पारित गर्ने या परास्त गर्ने अधिकार संसदलाई नै हुन्छ ।’ प्रधानमन्त्री दाहालले अझै पनि प्रतिपक्षले यो कुरा बुझ्न नसकेको बताउनुभयो ।
उहाँले संसदमा पेश भएको शंसोधन प्रस्तावले भाषा र सीमाङ्कनमा परिमार्जन हुन नसक्ने बताउनु भएको छ । त्यस्तै संघीय आयोग बारेमा केही परिमार्जन गर्न सकिने समेत स्पष्ट पार्नुभयो ।
उहाँले वैशाख मै स्थानीय निकायको चुनाव गर्ने बारेमा आफूहरु ढुक्क रहेको बताउनुभयो । स्थानीय तहको चुनाव गरेर मात्र प्रादेशिक र संसदीय चुनाव गर्न सकिने भएकोले पहिला स्थानीय निकायको चुनाव नै अपरिहार्य रहेको बताउनुभयो ।
त्यसैगरी आजै बिराटनगरमा आयोजित मओबादी केन्द्को एक नम्बर प्रदेस स्तरिय प्रशिक्षण तथा बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचन्ड र सङगठन बिभाग प्रमुख कमरेड बादल लगायतका नेताहरुले प्रसिक्षण दिनुभएको थियो।
Post a Comment