Websoft University

भुटानी शरणार्थी शिबिरभित्रको मिश्रित प्रतिकृया, कतिपय भन्छन हामीलाई जन्मभूमीमानै मर्न देउ



नगेन्द्रमणि न्यौपाने दमक, पौष ४ गते ।
संसारभर विश्व आप्रवासि दिवस मनाइरहदा पुर्विनेपालका विभिन्न शिविरहरुमा शरणागत भुटानी शरणार्थीहरु भने बेखर जस्तै बनेका छन । करिब २ दशकभन्दा लामो समयदेखि शरणागत जीवन विताइ रहेका शरणार्थी शिविर भित्र भने मिश्रित प्रतिक्रिया पाइएको छ ।


दुई दशकभन्दा लामो समयदेखी पूर्वि नेपालको झापा र मोरगंका विभिन्न शिविरहरुमा शरणार्थी जीवन विताइरहेको दक्षिण भुटानका नेपाली भाषी हजारौ शरणार्थीहरुको अहिले पनि मिश्रित प्रतिकृया पाइएको छ । नेपालमा रहेका भुटानी शरणार्थीहरुको समस्यालाई दिर्धकालीन समाधानकालागि नेपाल सरकार र दातृनिकायका विच भएको सहमति अनुसार तिन वटा अवसरलाई खुल्ला गरिएको थियो ।

तर अन्तत व्यावहारिक रुपमा तेस्रो देश पुर्नवास प्रकृयालाई मात्र अघिबढाएपछि समस्या झनै जटिल बन्दैगएको बेलडाँगी १ सेक्टर बी २ का रसाईली बताउनु हुन्छ । यो संगै सहमति भएका स्थानिय समुदायमा स्थान्तरण तथा स्वदेश फिर्तीको प्रकृयालाई बन्द गरिदिएपछि समस्या झन झन जटिल बन्दैगएको रसाइलीको बुझाई रहेको छ ।

अहिले पुर्नवासका क्रसम धेरै शरणार्थीहरु तेस्रो देश पुर्नवास भइसकेका छन । शिविरमा बचेकुचेका सिमीत शरणार्थीहरुमा पनि युवापुस्ताका शरणार्थीहरुले तेस्रोदेश पुर्नवासलाई एउटा अवसरका रुपमा हेरिरहेको बेलडाँगी ३ इटूकी निर्मला छेत्री बताउनु हुन्छ । छेत्री जस्तै बेलडाँगी १ सेक्टर बी वानकी विष्णुमायाको बुझाई पनि उस्तै रहेको छ ।

भुटानमानै जन्मिएर लामो समय सम्म आफनो खुन पसिना मातृभुमीमा नै खर्चिएका धेरै शरणार्थीहरुको अहिले पनि अन्ति इच्छा भनेको आफनै जन्मभुमीमा गएर मर्न पाउ भन्ने नै रहेको बेलडाँगीका दिल बहादुर मगर, बताउनु हुन्छ । भुटानी शासकले लखेटिएका अनि एका एक आफन्तहरुबाट एक्लिएपछि बाध्यभएर शरणार्थी बनेका धेरै भुटानीहरु अहिले पनि स्वदेश प्रबेशको ढोका कुरिरहेको अर्का शरणार्थी लिलाधर आचार्य बताउनु हुन्छ ।

अनि उनिहरु भनि रहेका छन हामीलाई हाम्रो घर परिवारबाट एक्ल्याइएको छ मानव अधिकारको हनन भएको छ हामीले न्याय पाउनु पर्छ । यि त शिविरभित्र उकुमुश गम्सिएका पिडाभित्र भेटिएका उ्दाहारण पात्रहरुमात्र हुन । अहिले शिविर भित्रै धेरै यस्ता शरणार्थीहरु भेटिन्छन उनिहरुको अन्ति इच्छा भने कै आफनो जन्म भुमीमा मर्नपाउ भन्ने रहेको छ ।

धेरै शरणार्थीहरु आफन्त र इष्ट मित्रहरुले चटक्दै माया मारेर तेस्रो देश पुगिसके । तर शिविर भित्र अहिले पनि प्रशस्त यस्ता शरणार्थीहरु भेटिन्छन उनिहरु  आफना बाबु बाजे ले खुनपसिना बगाए आर्जेको जन्म भुमी अनि उनिहरुले मृतुवरणगरेको थाकथलोलाई चटक्कै माया मारिहाल्न सकेका छैनन । र अहिले पनि उनिहरु भनिरहेकाछन हामिलाई हाम्रो जन्मभुमीमा मृतुबरण गर्न देउ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.