बिराटनगर, पुस १७ गते । रातो तारा डट कम-
स्थानीय राजनीतिक दलबीच स्थानको विवाद हुँदा सोलुखुम्बुको देउसा गाविसमा निर्माण गर्न चार वर्षअघि बजेट विनियोजन गरेपनि बर्थिङ सेन्टर ९प्रसूति गृह० अझै बन्न सकेको छैन ।
जग्गाको व्यवस्थापन भएमा भवन निर्माणका लागि योजना दिने सहरी विकास तथा भवन डिभिजन कार्यालयले भनेपछि २०६८ फागुन ४ गते पाँच रोपनी जग्गा निःशुल्क स्वास्थ्य चौकीका नाममा दाताबाट रजिष्ट्रेसन पास भएको थियो ।
लगत्तै भवन निर्माणका लागि रु तीन करोडको योजना पनि प्राप्त भयो । तर निर्माणका लागि ठेकेदारले सम्झौता गरिसकेपछि स्थानीय राजनीतिक दलबीच विवाद सुरु भयो । एक पक्षले स्वास्थ्य चौकीको नाममा रहेको जग्गामा भवन बनाउने अडान लिए भने अर्को पक्षले अहिले स्वास्थ्य चौकी रहेको सार्वजनिक जग्गामा भवन बनाउने अडान लिए ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले सार्वजनिक जग्गा पनि स्वास्थ्य चौकीका नाममा रजिष्ट्रेसन नभई भवन बनाउन नसकिने भन्दै दाताले स्वास्थ्य चौकीका नाममा दिएको जग्गामा भए तत्काल निर्माण कार्य सुरु गर्ने बतायो ।
हाल स्वास्थ्य चौकी रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीको नाममा पास गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ, त्यो पनि भएन र केही व्यक्तिको विरोधका कारण स्वास्थ्य चौकीको जग्गामा पनि काम सुरु भएन । कार्यालयले स्थानीय सहमति जुटाए तत्काल काम सुरु गर्ने बताइरहेको भए पनि चार वर्षसम्म सहमति नै जुटेको छैन ।
सहमति जुटाउनका लागि शनिबार सगरमाथा असल शासन क्लब देउसाले गरेको आमभेलामा स्वास्थ्य चौकीको जग्गामा भवन बनाउन स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरेको क्लबका अध्यक्ष मिलनकुमार राईले बताउनुभयो ।
देउसामा बर्थिङ सेन्टर नहुँदा त्यहाँका महिलालाई सुत्केरी गराउन पाँच घन्टाको टाढा नेलेमा पु¥याउनुपर्ने बाध्यता रहेको छ । अनलाइन बाट
Post a Comment