काठमाडौं, पुुस १९ गतेे ।
काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा बुधबार भोली बन्द आह्वान गरिएको छ । बाटो फराकिलो बनाउने नाममा आफूहरुलाई उठिबास गराउन लागेको भन्दै २३ वटा उपत्यकाब्यापी सडक विस्तारपीडित संघर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरेका हुन् ।
सडक विस्तार गरिँदा आफ्नो घरहरुमा क्षतिपुगेको भन्दै विभिन्न सडक विस्तारपीडित संघर्ष समितिहरुले सडक विस्तारको विरोध गर्दै आएका छन् । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै बाटो विस्तार अभियानलाई जनविरोधी गतिविधि भएको बताएका छन् ।
उपत्यका विकाश प्राधिकरणले बाटो फराकिलो बनाउने नाममा नगरपालिकाबाट नक्सा पास गरी सडकका दायाँ
बायाँ बनाइएका रैथाने जनताका घर टहरा बिना मुआब्जा र क्षतिपूर्ति उठीबास गराउने काम गरेको उनीहरुको आरोप
छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालादेखि शुरु भएको सडक विस्तार अभियानलाई अहिलेको सरकारले पनि ब्यापकता दिएको छ ।
Post a Comment