Websoft University

वुद्ध माविको वार्षिक उत्सव भव्यताका साथ सम्पन्न-गुणस्तरीय शिक्षामा जोड


         

बेलबारी, पुस १७ गते । २०७३, रातो तारा डट कम-
मोरङको केराबारी ९ देवीझोडामा रहेको श्री वुद्ध माध्यमिक विद्यालयको ३६ औं वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रम आईतवार सम्पन्न भएको छ ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुडा बोहराले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । प्रतिवेदनमा विद्यालय स्थापनाकाल देखिका गतिविधि, शैक्षिक उन्नती र विद्यालयको आर्थिक तथा भौतिक अवस्था उल्लेख गरेका छन् ।



प्रतिवेदनमा ४७ लाख १६ हजार ८९ रुपैया आम्दानी रहेको
छ । त्यसैगरी ४७ हजार ४१ लाख ८ सय ४ रुपैया खर्च रहेको छ । साथै  विद्यालयलाई आगामी दिनमा थप परिष्कृत गर्न विभिन्न भौतिक निर्माण तथा शैक्षिक कार्यक्रमहरु ल्याउन लागेको प्रतिवेदनमा उल्लेख छ ।



विद्यालयको पूर्वप्राथमिक विद्यार्थीहरुका लागि खेल सामाग्री व्यवस्था मिलाएको जनाईएको छ । साथै विद्यालय परिषर वगैचा निर्णाण भइरहेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालयमा शैक्षिक कार्यक्रम तयार गरिएको छ । विद्यार्थीहरुलाई पनि अनुशासित, सभ्य र जिम्मेवार बनाउन रचनात्मक क्रियाकलापको थालनी गरेको जस्ता शैक्षिक सुधारको विषयहरु प्रतिवेदनमा उल्लेख छ ।




विद्यालयको वार्षिक उत्सव कार्यक्रममा विद्यालयका विद्यार्थी रीता महतराले अंग्रेजी भाषामा र कुशल सुवेदीले नेपाली भाषामा मन्तव्य राखेका थिए । त्यसैगरी विद्यार्थीहरुले नेपाली तथा अंग्रेजीमा गीत, कविता साथै आकर्षक नृत्य प्रस्तुत् गरेका थिए । विद्यालयको वार्षिक परीक्षामा उर्तीर्ण हुने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयलाई लामो समय देखि योगदान पु¥याउने लालबहादुर कार्कीलाई सम्मान पनि गरिएको थियो । त्यसैगरी विद्यालयलाई वालखेलौना खरिदका लागि ७५ हजार रकम उपलब्ध गराउने बास्तोला दाजुभाई र नमुना वचत दोहा कतारलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा मोरङ क्षेत्र नं. ८ का साँसद चन्द्रबहादुर गुरुङले कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
कार्यक्रममा मछिन्द्र उच्च माविका प्रधानाध्यापक झलक पौडेल, भगवती उच्च माविका व्यवस्थापन समिति अध्यक्ष घनश्याम गौतम लगायत स्थानीय विद्यालय,संघ संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालयका शिक्षक लक्ष्मी सुवेदीको संचालन तथा व्यवस्थापन समिति अध्यक्ष भुपालमान कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.