बिराटनगर,१४ गते । रातो तारा डट कम -
उद्योग संगठनको आयोजनामा उद्योग,व्यवसाय क्षेेत्र भित्रको समसामयिक समस्या र समाधानका लागि खेल्नु पर्ने भूमिकाका समवन्धमा उद्योगी-व्यवसायिहरुका साथ १३ गते छलफल भएको प्रेश विज्ञप्ती मार्फत जानकारी गराएकोछ ।
छलफलमा संगठनका अध्यक्ष्ँ मुकेश उपाध्यायले नेपाल सरकार वाणिज्य विभागबाट नेपाली व्यवसायिहरुले आयात निर्यात गर्दा आइ. ई. सि प्रमाण पत्र लिनु पर्ने व्यवस्था गरेको भएतापनि प्रमाण पत्रका लागि २० लाख पु“जी हुनु पर्ने र १० लाख वैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था अव्यवहारिक भएको यसबाट नेपाली स–साना आयात निर्यात कर्तालार्ई थप व्ययभार पर्ने भएकाले वैंक ग्यारेन्टि नराख्ने व्यवस्था गर्न संगठनले सम्वन्धित निकायमा पहल गरि रहेको जानकारी गराउनु भयो ।
अध्यक्ष्ँ उपाध्यायले विगत केही समय यता राजश्व अनुसंधान विभागबाट उद्योग÷प्रतिष्ठानमा अनुसंधानको क्रममा भएको अमानवीय प्रकृया प्रति असन्तुष्टि जनाउदै, प्रचलित कानुन अनुरुप गरिने अनुसंधानमा सदैव उद्योगी÷व्यवसायीको सहयोग रहने र अनुसंधानको क्रममा व्यवसायीको सामाजिक प्रतिष्ठा समेतको ख्याल राखी निश्चित आचार संहिता तयार गरि पालना गर्न सम्वन्धित निकायमा पहल गरिने वताउनु भयो । साथै उहा“ले हालसालै भारत सरकार अर्थ मन्त्रालयले सूचना जारी गरी भारतीय वन्दरगाह हु“दै नेपाल आउने कार्गोको ढूवानी भाडामा ४.५ प्रतिशत सेवा शुल्क लगाउने व्यवस्थाले नेपाली उद्योगी÷व्यवसायी मारमा पर्ने भएकाले उक्त शुल्क नलिने व्यस्थाका लागि संगठनले पहल र प्रयास गरिरहेको समेत जानकारी गराउनु भयो ।
छलफलमा संगठनको उपाध्यक्ष्ँ प्रदीप मुरारकाले विगत केही समय यता बैंकको व्याजमा अप्रत्यासित रुपमा भएको वृद्धिका कारण उद्योग÷व्यवसाय क्षेत्र अत्यन्त प्रभावित हु“दै गएको छ । बैंक व्याज बृद्धिका कारण वस्तुको मूल्यवृद्धि हुनुका साथै प्रतिस्पर्धि क्षमतामा समेत ह्रास आउने वताउनु भयो । साथै उहा“ले नेपाल सरकार विद्युत प्राधिकरणले गत वर्ष मात्र विद्युत महशुलमा वृद्धि गरेको र यस वर्ष पुनः विद्युत महशुल वृद्धि गरेमा औद्योगिक÷व्यवसायीक क्ष्ँेत्रमा थप व्ययभार वढ्न गई उत्पादन लागत वृद्धि हुने तर्फ सचेत गराउदै त्यसका लागि सम्वन्धित निकायमा पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
उपाध्यक्ष्ँ राजकुमार गोल्छाले भारत सरकारले नेपाली जुटका उत्पादनमा एन्टि डम्पिङ डुयुटि लाउनाले जुट उद्योग प्रभावित भई कुनै पनि समय वन्द हुने अवस्था आउने भएको हु“दा भारत र वंगलादेश सरकारले जुट उद्योगलाई सब्सिडी दिए जस्तै दिनु पर्नेमा जोड दिनु भयो ।
संगठनका पूर्व अध्यक्ष्ँ नन्दकिशोर राठी, सुशिल धनावत, मोरंग व्यापार संघका पूर्व अध्यक्ष्ँ ताराचन्द खेतान, शंकरलाल अग्रवालले उद्योग÷व्यवसाय क्ष्ँेत्रका समसामयिक समस्या समाधान गर्न उद्योग÷व्यवसाय क्ष्ँेत्रका संघ, संगठन एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।
छलफलमा उद्योग संगठन मोरंगका उपाध्यक्ष सुयश प्याकुरेल, कार्यकारिणि समिति सदस्य नन्द किशोर राठी, सुरेन्द्र गोल्छा, राकेश सुराना, सुवोध कोईराला, गिरेन्द्र कार्की, लगायत उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो ।
Post a Comment