Websoft University

जेफालेको फेदीमा लोकगीतगायन र गजल प्रतियोगिता :- प्रवासी नेपालीहरु सहयोग


युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ १४ गते । रातो तारा डट कम -उत्तरी मोरङ सिंहदेवी जेफालेको पर्यटकीय विकास ,प्रचारप्रसार अभियानमा साहित्य र सङ्गीत"भन्ने मूल नारालाई आत्मसात गर्दै कुना कन्दरामा लुकेर रहेका नवप्रतिभाहरुको उजागर गर्ने अभिप्रायका साथ उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवी-५,बिहिबारे जेफालेको फेदीमा नववर्ष २०७४  पावन अवसर पारेर बैशाख ३गते "खुल्ला लोक गीत गायन तथा गजल प्रतियोगिता गर्ने योजनालाई सफल बनाउन प्रवासी नेपालीहरुबाट सहयोग हुन थालेको छ।

 हरेक नयाँ वर्षमा बैशाखे मेला सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिदै आएकोमा यो वर्ष पनि नियमित कार्यक्रम सगै फरक ढंगको मोफसलमा लुकेर रहेका सृजशील प्रतिभाको उजागर गर्ने उदेश्यका साथ खुल्ला लोक गीत गायन र गजल प्रतियोगिता गर्ने योजना रहेको समितिका सदस्य भीम ठकुरीले बताए।
   
          उक्त कार्यक्रमलाई सफल बनाउन मोरङ सिंहदेवीमा जन्मिएर कोशी हरैचामा स्थायीबसोबास गर्दै हाल साउदी अरेबियामा कार्यरत युवा समाज सेवी तथा कार्यक्रमका परिकल्पनाकार नरेश राईले रु१००००/-,सुन्दर दुलारी हाल कोरियामा कार्यरत युवा विशेष लिम्बूले रु५०००/-,अर्जुनचौपारी-४,स्याङ्जा हाल साउदीमा कार्यरत ताराप्रसाद अर्यालले रु११११/-सहयोग रकम हस्तान्तरण गरिएको आयोजक कमिटीले जनाएको छ।अझै विभिन्न ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ।
प्रतियोगिताका लागि फागुन दोस्रो हप्तामा पुरस्कारको निर्णय भए पछि प्रतियोगीहरुको नामावली दर्ता गर्ने कार्यक्रम शुरु हुने पनि आयोजकले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.