Websoft University

शिक्षा क्षेत्रमा आधुनीकिकरण हुुने:शिक्षामन्त्री




विराटनगर  पुस १७ गते । २०७३, रातो तारा डट कम-
शिक्षामन्त्री धनीराम पौडेलले परम्परागत शिक्षण पद्धतीको अन्त्य गरी शिक्षा क्षेत्रमा आधुनीकिकरण गर्न सरकार लागिरहेको बताउनु भएको छ ।

आज विराटनगर स्थित विराट बहिरा माध्यमिक विद्यालयको साधरणसभा तथा संस्थागत वेवसाइड शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले पुरानो शिक्षा पद्धती परिवर्तित परिस्थिती र समयानुकुल नभएकाले शिक्षामा आधुनिकीकरण आबश्यक रहेको उल्लेख गर्नु भयो ।

मन्त्री पौडेलले अवको शैक्षिक प्रणालीले जनजिविकोलाई उकास्ने र दक्षजनशक्ति उत्पादन गर्ने खालको हुनुपर्ने बताउनु भयो । उहाँले  बहिरा ,शारिरीक अपाङता तथा फरक क्षमता भएका बालवालिकाको शिक्षामा पहुच पु¥याउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । सरकार अपाङ्ग मैत्री शैक्षिक संरचना तथा नीति निर्माणमा लागि परेको जानकारी दिनु
भयो ।  शारिरीक आपाङता भएकै कारण शिक्षावाट बन्चित हुने अबस्थाको पनि चाढैनै अन्त्य हुने उहाँले दाबी गर्नु भयो ।

यसै गरी विराट बहिरामाविले  स्कुललाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ  । सम्मानित हुनेहरुमा उद्योगि देबकिसन मुन्दडा, जगदिशचन्द्र अग्रवाल , जग्गादाता रञ्जना अमात्य ,प्लान नेपालका कालभान राई रहनु भएको छ ।  कार्यक्रममा विराट बहिरा माध्यमिक विद्यालयका रमेशचन्द्र पौडेल ,प्रध्याध्यापम मिनु अधिकारी ,धौलागिरी बहिरा आवशिय विद्यालय बाग्लुङका समिति सदस्य केवीराना मगर ,माओवादी नेता गोपी अछामी लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.