Websoft University

दूधकोसीमा राखिएको अस्थायी बेलिब्रिजले घटायो सवारीसाधनको भाडा



खोटाङ पुस १९ गते ।
खोटाङमा सञ्चालित यात्रुबाहक सवारीसाधनको भाडा घटेको छ । हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज राखिएपछि जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो । नयाँ भाडादर अनुसार दिक्तेल—काठमाडौँ रु ३०० र दिक्तेल—गाईघाट
 रु २०० ले घटेको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा सोमबार दिउँसो बसेको राजनीतिक दलका नेता, यातायात व्यवसायी सङ्घ, सरोकारवाला लगायतको बैठकले दिक्तेल–काठमाडौँका लागि रु एक हजार ३००, दिक्तेल–कटारीका लागि रु ८००, दिक्तेल–गाईघाटका लागि रु ८००, दिक्तेल–चखेवाभञ्ज्याङका लागि रु ४५०, दिक्तेल–ऐसेलुखर्कका लागि रु एक हजार, दिक्तेल–मात्तिमका लागि रु २२५, दिक्तेल–पाथेकाका लागि रु २५०, दिक्तेल–खानीडाँडाका लागि रु २०० नयाँ भाडा दर तोकेको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.