बिराटनगर,पुस २० गते । रातो तारा डट कम-
नेपाल सदभावना पाटीका अध्यक्ष राजेन्द्र महत्वले आफनै पाटि कार्यालय हाटखोला बिराटनगरमा पत्रकार सम्मेल गरेरआफना कुरा राख्दै भन्नु भयो, सासक वर्गहरुले प्राबिधिक कुरा देखाएर संबिधान संसोधन गर्न नखोजेका हुन,त्यसो गरे अहिलेको राजनीतिक जटिलता समाधान हुन नसक्ने बताउनु भयो ।
पंचाएत फाल्दा कुनै संबिधानको धारा प्रयोग गरेर फालेको थिएन भन्दै चाहेमा संसद बाटै बाधा अडकाउ फुकाएर सबै कुरा गर्न सकिने कुरा बताउनु भएकोछ । दश वर्ष मधेसमा सघ्रर्ष गरेर पनि अधिकार नपाएकोले संघियता बाटै अधिकार खोजेको कुरा बताउनु भएको छ। यहा धोति र टोपीको कुरा होइन राजनीति समस्याको समाधान हुनु जरुरी छ भन्नु भयो ।
मधेस बादी दलहरु चुनाव बिरोधि नभएको कुरा राख्दै, वहाले संसदमा रहेको संबिधान संसोधन प्रस्ताप पास हुनु पर्छ यदि फेल भएछ वा फेल गराउन भुमिका खेल्ने एमालेजस्ता पाटीको बिरोधमा फेरि आन्दोलन हुने कुरा बताउनु भयो ।
सासक वर्गले नसल बादी चिन्तन छाडेर राजनीतिक समाधानको बाटो खोज्नु राम्रो हो भन्नु भएकोछ । पत्रकारहरुले राखेका कुराहरुको जवाफ दिने क्रममा कसले के भंन्छ होईन हामी अखण्ड नेपाल भित्रैबाट संघियाता खोजेको हो भन्नु भयो ।
Post a Comment