Websoft University

सतासी धामकी हरिमाताको कथा




 झापा पुस १९ गते । २०७३, रातो तारा डट कम -
झापाको सतासिधाम बस्न थालेको ३८ वर्ष बित्यो। ८ वर्षमै श्रीमान गुमाएकी उनले ठूली भएपछि दोस्रो विवाहबारे सोच्नसम्म भ्याइन्। उनी हुर्किदै गइन्, परिवारका अन्य सदस्यले उनलाई छोड्दै गए।

‘म ३६ वर्षकी थिएँ, आमा पनि बित्नुभयो,’ उनी भन्छिन्, ‘आफ्ना कोही नभएपछि भोजपुरमा पनि मन्दिरमै बस्न थालेँ, ३५ सालमा सतासिधाम हेर्न आएकी थिएँ, त्यसपछि यतै बसिरहेकी छु।’ सबैले उनलाई हरिमाता भनेरै बोलाउँछन्। भोजपुरको काउले गाविसमा जन्मे–हुर्केकी उनी पौडेलकी छोरी हुन्। उनी ४ वर्षकी हुँदै बुबा बिते।

हाल ९३ वर्षकी भए,  बुबाका बारेमा उनले अरुबाटै सुनेकी हुन्। ‘७ वर्षकी हुँदा बिहे गरिदिए, ८ वर्षकी हुँदा विधुवा भएँ,’ उनले अतित सम्झिइन्। उनीजस्तै बृद्धबृद्धा यहाँ ३र४ जना छन्। ‘सबैभन्दा पाको उमेरकी चाहिँ मै हुँ,’ मुसुक्क हाँस्दै उनले भनिन्। हरिमाता हँसिली देखिन्छिन्।

केही दाँतमात्र बाँकी छन्। आमा गुमाएपछि उनले सधैँ आफैँ खाना पकाएर खाइन्। यो उमेरमा पनि आफैँ पकाउँछिन्, बेलुका घाम अस्ताउनुभन्दा अगाडि नै खाइसक्छिन्। पुसको जाडो। बिहान सबेरै उठेर मिश्री र तातोपानी पिएपछि उनी दिनभर घाम तापेर बस्छिन्। बिहान खाना बनाउन सक्दिनन्, उनी। मिश्री पानी र फलफूलमै दिन काट्छिन्।

साँझ पर्न थालेपछि खाना बनाउँछिन् र, खाएर सुत्छिन्। तर, उनलाई रातभर निन्द्रा लाग्दैन। ‘जाडो साह्रै हुन्छ, अब त रोगले समातेको छ, ऐया ऐया गरेरै रात बित्छ,’ उनले पीडा पोखिन्। सताक्षीधाम परिसरमा हरिमाताहरु बस्ने सानो कुटी छ। त्यहीँ सुत्छिन् उनी। भक्तजन र दाताले दिएको बर्की छ, त्यसैले जाडो कटाउँदैछिन्। मन्दिरमा आउने भक्तजनले कहिलेकाँही चामल दिन्छन्, पैसा पनि दिन्छन्।

त्यही चामलको खाना बनाएर खाने गरेको उनले सुनाइन्। ‘भगवानले आजसम्म भोकै चाहिँ राखेका छैनन्, केही न केही पठाइदिएकै छन्,’ उनी सम्झिन्छिन्, ‘बिहान चाहिँ म भात पकाउन सक्दिनँ, आज पनि बिहान तातो पानी खाएँ, त्यत्ति हो।’ हरिमाताले यसो भन्दा दिउँसो १ बजेको थियो।

सताक्षीधामको समिति, धाम परिसरका पसल सञ्चालक र स्थानीयले उनको हेरचाह गर्छन्। बिरामी पर्दा उपचार गर्छन्। उनी सम्झिन्छिन्, ‘छेउछाउकाले सघाउँछन् नि१ अस्ति भर्खर साह्रै बिरामी भएँ, १५–१६ सयको दबाई लाग्यो, ३ दिन त पानी नै चढाउनु परो।’ धाम परिसरमा रुखको फेदमा बसिरहन्छिन् उनी।

आउने भक्तजनलाई टीका लगाइदिन्छिन्। उनीहरुले दिएको ५र१० रुपैयाँले नै आज भोलि उनको जीवन धानिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.