मोरंङ पुस १८ गते । रातो तारा डट कम,
बिराटनगर उपमहानगरपालिकाले नगरका दश ठाउँमा काम गर्दे आएको छ । अहिले महेन्द्र चोक देखि भृकुटी चोक सम्म सडकको दुबै बाटो किरामा दश फिट मुनि हिमपाईप बिक्ष्याउने काम भइरहेको छ ।
अहिले जताततै बाटो भत्काए छाडनु अनि अहिले ठेदारले निमार्ण गरिरहेको कामको राम्रो अनुगमन नहुदा कमसल सामाग्री प्रयोग गरेर काम गरिरहेकोमा व्यापक जन गुनासो पनि बढीरहेकोछ।
बिराटनगर उपमहानगरपालिका का नगर प्रमुख तथा कार्यकारी अधिकृत दिपक कोईरालाले दिएको जानकारी अनुसार,बिमानस्थल बाट आउने बरगाछी सम्मको सडकलाई पुरोपियन मोडेलको दुबै पटी रेलिङग राखेर बिराटनगरको नमुना सडक दुई वर्षमा बनाउन काम थाल्ने बताउनु भयो।
धरम बाध मेनरोड कोशी राजमार्ग हुँदै लगिने पानीलाइ जतुवामा लगेर प्रसोधन गरी फोहोर लाई मोहर बनाउने काममा बिउनपा हाल जुटेको छ भन्नु भयो ।
स्थानिय बस पार्क छिटो बनाउन ८ करोड ४७ लाखमा ठेक्का दिएर बस पार्क निमार्णको काम धमाधम भईहेको छ भने नगरलाई उज्यालो सफा बनाउने अभियानमा नगरका १६ हजार पोलमा बती राम्रो संग बाल्न मर्मतको काम थालेको र करिव सभा करोडको लागतमा मेन ठाउहरुमा सोलार सडक बती लगाउन अध्यान भईरहेको बताउनु भयो ।
हाल फोहोर लाई मोहर बनाउ भन्ने अभियान अन्तरगत नगरमा सरसफाई थालेको यो चौथो हप्ता हुुदैछ भन्ने जाकारी पत्रकारहरुलाई गराउनु भयो । एक कार्यक्रममा पत्रकारहरुले स्वदेको कुराको जवाफ दिदै दिपक कोईरालाले भन्नु भयो,
ठुला लाई चैन सानालाई कानुन हुँदैन अब कसैले पनि पानी बगाउने नालामा ढल मिसाउन पाईने छैन ।
यो रोकिनु पर्छ । हिजो मात्र बिराटनगर उपमाहानगरपालिकाले स्थानिय अस्पताल चोकको गोल्डेन अस्पताललाई रु एक लाख जरिवाना गरेको छ, भन्दै अब यस्ता अटेर गर्नेलाई पालै पालो गरेर कार्यवाही र जरीवाना अगि बढाइने कुरा बताउनु भयो ।
त्यासैगरी बिराटनगरको वडा नं १ रानीको मेन रोडलाई १५ मिटर बनाउने र स्थानिय बिरेन्द्र सभागृलाई यसै वर्ष जिणोदार गरिने छभने बिराटनगरको बुधहाट चोकको ए पल्ट र बी पल्टमा अण्डर ग्राउड पार्किङग हुँने गरी करिव ३ अरवको व्यापारिक कम्पेप्लेक्स बनाउने र त्यस माथि बिराटनगर सबै देखिने खालको भिउ टावर निर्माण गर्न छिटै काम थाल्ने जानकारी समेत गराउनु भयो ।
अहिले बिराटनगर उपमहानगरपालिकाले धेरै कामहरुलाई अगि सारेकोले सबैको सहयोगको खाचो अमल्याउदै,अब नगर भित्र जग्गा पल्टीङग गर्नेले नगरपालिकाको सिफरिस बेगर कुनै काम हरु गर्न पाउने छैनन् ।
अब यो व्यावस्थित रुपमै नगरमा जग्गा खरिद बिक्रिको काम हुनेछ । सरकारको योजना अनुसार नै सहरी यातायातलाई व्यास्थित बनाउन छिटै बिउनपाले १० वटा बस संन्चालनमा ल्याउन लागेको छ र यि बसहरु नगर क्षेत्र भित्र र याहा बाट धरान सम्म चल्ने कुराको जानकारी गराउनु भएको छ ।
अन्त्यमा सुबिधा सम्पन्न भएको संन्चार ग्रामको काम पनि छिटै सुरु हुँने छ भन्नु भयो ।
Post a Comment