Websoft University

धार्मिक वनको केन्द्रिय विभाग द्वाराअनुगमन



मोरङ, पुस १९ गते ।
गोपाल काफले । मोरङको पथरीशनिश्चरे–१, स्थित सिरिजंगा धार्मिक वनको केन्द्रिय विभाग द्वारा मंगलबार अनुगमन गरेको छ । उक्त वनको स्तर उन्नती गर्ने उद्देश्यले भु–संरक्षण तथा जलाचर विभागका महानिर्देशक बिजयराज पौडेल,, क्षेत्रीय विभागका निर्देशक राजेन्द्र काफ्ले र जिल्ला वन कार्यलय विराटनगरका अधिकृत विनोद देवकोटाले उत्त बनको अवलोकन गरेको छ ।

१५ हेक्टर क्षेत्रफलमा रहेको वनले धार्मिक कार्यक्रम, माछा पालन, सिमसार, वृक्षारोपन र सस्कृतीको संरक्षण गर्दै आएको छ । ठूलो बजार एरिया धेरै क्षेत्रफल दुवै तिर खोला भएकाले यहाँ धेरै किसिमका बिकासको योजनाहरु भएकाले बृहत योजनाका साथ अघि बढ्नु पर्ने क्षेत्रिय निर्देशक राजेन्द्र काफ्लेले जानकारी दिए ।

यो वन क्षेत्र भएकाले वन ऐन अनुसार काम गर्नु पर्ने, विभिन्न किसिमका जलाचर, थलाचर संरक्षण गर्नु हरियो वन बनाउँनु जनचेतना जगाउँने चेतना केन्द्र बनाउँनु यस क्षेत्र वृहत भएकाले बोटिङ्ग, मिनी हाइटोपावर, पिकनिक स्र्पोट, माछापालन, सास्कृतिक केन्द्र आदिको योजना बन्नसक्ने महानिर्देशक पौडेलले वताए ।

साथै भू तथा जलाचर संरक्षण विभाग ले सक्दो सहयोग गर्ने जानकारी दिए । ‘एक वर्ष अगाडि हस्तान्त्रण वनले उक्त क्षेत्रको संरक्षण तथा लिम्बू धर्मलाई जोगाउँदै आएको’ सिरिजंगा धार्मिक वनका अध्यक्ष गंगा साँवा बताउँछन् आउदो दिनमा केन्द्र, क्षेत्रीय र जिल्लाको सहयोग र सल्लाहामा पर्यटकिय क्षेत्रकोरुपमा लैजाने सचिव सन्तोष सेरेङ्गल बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.