Websoft University

​खोटाङमा एकैपटक सातवटा झोलुङ्गे पुल बन्दै



खोटाङ, माघ १४  गते । रातो तारा डट कम -
खोटाङमा सातवटा झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको छ । जिल्ला विकास समितिको अनुदानमा सात वटा खोलामा एकैसाथ झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको हो ।

वाप्लुखास्थित वालम खोला, साउनेचौंरस्थित ओख्रे खोला, बड्कादियालेस्थित दुम्छा खोला, बाँझेच्यानडाँडास्थित रुपुवा खोला, माक्पास्थित बञ्चरे खोला, बुईपास्थित लैकु खोला र दिक्तेलस्थित सिम्ले खोलामा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो ।

वर्ष दिनभित्र पूरा गर्नेगरी सबै झोलुङ्गे पुलको योजना सम्झौता गरेर काम सुरु भएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.