विराटनगर पुस १८ गते ।
पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निणर्य गरेको छ।
विश्व विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलगायत उत्कृष्ट घोषित गरी पुरस्कृत गरिने बताइएको छ । शिक्षा र समाजसेवामा समर्पित ३ जना पनि सम्मान गरिने उपकुलपति प्रा.डा. घनश्याम लालदासले जानकारी दिए ।
गत वर्ष विश्व विद्यालयले आमोदप्रसाद उपाध्याय, नारायणप्रसाद कोइराला र राधाप्रसाद उपाध्यायलाई सम्मान गरेको थियो । कार्यक्रम गर्न रजिष्टारको संयोजकत्व ५ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ ।
विश्व विद्यालयको सहयोगबाट पि.एच.डी. गर्ने प्राध्यापकहरुलाई समेत यस वर्षदेखि सम्मान तथा प्रमाण पत्र वितरण गरिने बताइएको छ ।
Post a Comment