उदयपुर पुस १९ गते । रातो तारा डट कम -
उदयपुर जिल्लाका विभिन्न गाविसमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता वितरणमा जिविस उदयपुरले कडाइ गर्न थालेको छ ।
विगतमा जिल्लाका विभिन्न गाविसमार्फत वृद्धवृद्धा तथा एकल महिला, अपाङ्गता आदिको नाममा वितरण हुँदै आएको सामाजिक सुरक्षाभत्ता फर्जी व्यक्ति वा मृत्यु भइसकेका व्यक्तिका नाममा समेत वितरण हुने पाइएपछि यसको कडाइका साथ छानबिन गरेर वितरणलाई पारदर्शी बनाउन थालिएको जिल्ला विकास समितिले जानकारी दिएको
छ ।
जिल्लाका ४० गाविसको सामाजिक सुरक्षा भत्ताको वितरणको जिम्मा जिविसलाई तथा तीन नगरपालिकाको वितरणको जिम्मेवारी नगरपालिकालाई छ ।
Post a Comment