बिराटनगर, पुस १९ गते ।
मोरङको विराटचोकमा हुने कोटिहोम एवं धान्याचल महायज्ञको शुभसाइतको लागि आज वृहत् कलशयात्रा गरिएको छ ।
गौरीशंकरजी मन्दिरको पुण्यभूमिको आसपासमा भोलि
देखि माघ ५ गतेसम्म हुने कोटिहोम एवम् धान्याचल महायज्ञका लागि विशाल कलशयात्रा गरिएको हो ।
कलशयात्रामा हजारौँ नगरवासी सहभागी थिए । कोटिहोम
हुने स्थानको प्राङ्गणबाट सुरु भएको कलशयात्रा नगरको कालीमन्दिर, भुल्के मन्दिर हुँदै विभिन्न स्थानको परिक्रमा
गर्दै नौमती बाजाको साथमा झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
धान्याचल महायज्ञमा १ करोड २५ लाख श्री गायत्री मन्त्रद्वारा होम गरिने जनाइएको छ ।
Post a Comment