Websoft University

१५ दिनदेखि फोहोर नउठाउदा इटहरी दुर्गन्धित



इटहरी, पुस १८ गते । रातो तारा डट कम -
हरीत नगरी भनेर चिनिएको इटहरी पछिल्लो समय फोहार र दुर्गन्धित बन्दै गएको छ । पूर्वकै व्यस्त शहर इटहरीमा फोहोर संकलन गर्ने निकायले काम नगर्दा शहर दिन प्रति दिन फोहोर बन्दै गएको हो ।

त्यसले शहरका उपभोक्ता र बासिन्दा पीडित बनेका छन् । पूर्वकै व्यस्त शहर मध्येमा पर्ने इटहरी पछिल्लो समय फोहोर र दुर्गन्धित बन्दै गएको छ । इटहरीको व्यस्त क्षेत्र धरान लाईनको गोरखा डिपार्टमेन्टल स्टोरको पूर्व तर्फ फोहोरको डंगुर थुप्रीएको एक साता भन्दा बढि भईसक्यो ।

फोहोरको डंगुरबाट निस्कीएको गन्धले मानिसहरु मुख छोप्दै हिड्न थालेका छन् । इटहरीमा फोहोर संकलन गर्ने जिम्ममा पाएको इन्भारो केयर प्रा।लि ले फोहोर उठाउन छाडेको धेरै दिन भईसकेको छ । स्थानीय अमृतलाल ताजपुरीया भने फोहोर उठाउने जिम्मा पाएको कम्पनीले काम नगरेको आरोप लगाउनु हुन्छ ।

यसरी सडकको छेउमा फोहोर थुप्रीएको १५ दिन हुन लाग्दा समेत चासो नदिएको व्यवसायीको आरोप छ । स्थानीय व्यवसायीहरुले रकम उठाएर फोहोर उठाउन आग्रह गरेपनि कम्पनीले चासो नदिएको गुनासो गरेका छन । स्थानीय व्यवसायी गंगा विष्टले बिगतमा सफा र सुन्दर रहेको इटहरी अहिले थप कुरुप बन्दै गएको गुनासो गर्नुभयो ।

 इटहरीलाई सफा राख्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको भएपनि फोहोर उठाउने जिम्मा पाएको इन्भारो केयर प्रालीले काम नगर्दा समस्या बढेर गएको छ । इन्भारो केयरले भने व्यवस्थित ल्याण्डफिल्ड साइडको अभाव देखाउदै फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै पन्छिने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.