Websoft University

सवारी दुर्घटनामा पाँच घाइते



विराटनगर, पुस २० गते। फाएल फोटो-
पूर्व क्षेत्र अन्तर्गत उदयपुर र सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्।

उदयपुरको त्रियुगा नगरपालीका-१० मा काँकडभिट्टाबाट गाईघाटतर्फ जादै गरेको गरेको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिपक राम र अनिल चौधरी घाइते भएका छन्।

 उनीहरुलाई साँझ ६ बजेतिर पैदल हिड्दै गर्दा उक्त बसले ठक्कर दिएको थियो। घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने  ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएको छ।

त्यस्तै उदयपुरकै  त्रियुगा नगरपालीका-१ मा  गाईघाटबाट बोक्से आउदै गरेको मोटरसाइकलकको ठक्करबाट साईकलयात्री उदयपुर त्रियुगा-३ बस्ने  रमाकान्त चौधरी घाइते भएका छन्।  घाइते चौधरीलाई उपचारकोलागी विराटनगर ल्याइएको छ। दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका  फुर्वा शेर्पा समेत घाइते भएकाले  जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यता सप्तरीको कुसाहा-५ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक  लाहान-१० बस्ने  प्रमोद कुमार चौधरी घाइते भएका छन्। घाइते चौधरीको गोल्डन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्याक्टरका चालकलाई  इलाका प्रहरि कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.