Websoft University

मच्छिन्द्रनाथ प्रतिमा अनावरण तथा नवनिर्मित चोक र मच्छिन्द्रनाथ मेला एकैसाथ उद्घाटन


युवराज ठकुरी/केराबारी,मोरङ, पुस १९ गते ।
रातो तारा डट कम -
मोरङको केराबारीमा नवनिर्मित मच्छिन्द्रनाथ प्रतिमा अनावरण तथा मच्छिन्द्रनाथ मेलाको एकैसाथ भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सिताराम मेहेताले उद्घाटन गरेका गरेका छन।


२०५६ सालमा बन्द भएको ऎतिहासिक मच्छिन्द्रे मेलाको शुभारम्भ र मच्छिन्द्र चोकलाई प्रतीकात्मक रुपमा सार्थक बनाउन मच्छिन्द्रनाथ (योगी शिध्दबाबा)को प्रतिमा बनाइ अनावरण गरिएको निर्माण समितिका अध्यक्ष अनिलकुमार बस्नेतले बताए।

पौष शुल्क पन्चमीको अवसरमा पुजाआजा सहित एकहप्ता सम्म लाग्ने मच्छिन्द्रे मेला २०५६ सालदेखि विविध कारणले बन्द भएको थियो।यो वर्ष देखि केराबारी व्यापार प्रबन्ध विकास समितिको आयोजना र केराबारी खेलकुद विकास समितिको सहआयोजनामा १९देखि२५गते सम्म लाग्ने आयोजकले बताएको छ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,संघ सस्थाका प्रतिनिधिको उपस्तिथि रहनुका साथै,विभिन्न जातजातिका झाकीहरु प्रर्दशन गरिएको थियो।कार्यक्रममा निर्माण समिति सल्लाहकार मनोज खड्काले स्वागत मन्तव्य,समितिका सचिव चन्डी थापाले आय व्यय प्रस्तुत गरेका थिए।

विशेष अतिथि नवीन थापा,अतिथि नेपाली काङ्ग्रेस महासमिती सदस्य ललित श्रेष्ठ,नेकपा एमालेका शान्ती भुजेल,खदम क्याम्पस प्रमुख टेकबहादुर थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा विभिन्न व्यक्तित्व र संघ सस्थाहरुलाई सम्मानपत्र वितरण गरिएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरुले खदम खोलामा पुलनिर्माणका लागि विषेश ध्यानाकर्षण गर्न प्रमुख अतिथि राज्य मन्त्रीसग अनुरोध गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री मेहेताले मोरङका राजमार्ग देखिका उत्तरी मोरङका गाविसहरु विकासका दृष्टिले पछि परेको भन्दै यसका लागि सक्दो पहल गर्ने बताएका छ्न।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.