काठमान्डौ पुस २० गते । रातो तारा डट कम-
ग्यास विक्रेता महासंघका मागबारे अध्ययन गर्न नेपाल आयल निगमले समिति गठन गरेको छ।
निगम सञ्चालक समितिका सदस्य तथा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको अध्यक्षतामा गठित चार सदस्यीय समितिले ग्यास डिलरले राखेका मागबारे अध्ययन गरी प्रतिवेदन बुझाउने आयल निगमका प्रवक्ता भानु खनालले जानकारी दिनुभयो ।
ग्यास डिलर सचालकहरुको संस्था ग्यास विक्रेता महासंघले पुस १२ गते ग्यासमा भ्याट छुट दिनुपर्ने तथा कमिसन वृद्धि गर्नुपर्ने लगायतका ७ माग सार्वजनिक गरेको थियो। आफ्ना माग पूरा नभए पुस २९ गतेदेखि ग्यास उद्योगमा तालाबन्दी गर्ने चेतावनी ग्यास विक्रेताले दिएका छन्।
Post a Comment