Websoft University

कार्यकक्षमै जिल्ला शिक्षा अधिकारीलाइ कालो मसो दलेे


विराटनगर, माघ १३ गते । २०७३, रातो तारा डट कम -
विप्लव माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालमाथि दुव्र्यवहार गरेर कालो मसो दलेका छन।

बुधबार दिउँसो विराटनगरस्थित जिल्ला शिक्षा कार्यालयको कार्यकक्षमा गएर उनीहरुले खनाललाई कालो–मोसो दलेका हुन्। आफ्नो कार्यकक्षबाट प्रशासन फाँटमा बोलाएर कालो–मोसो दलेको विद्यार्थी नेता नवराज नेपालले बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी खनालले कमिसन खाएर ऐननियम विपरित विद्यालय व्यवस्थापनको सहमति बेगर शिक्षकको सरुवा गरेको, विद्यालय भवन निर्माण कार्यक्रम प्राविधिकको सल्लाह बेगर वितरण गरेको र कमिशन खाएर शिक्षक तथा कर्मचारीको सरुवा गरेको समुदाय चलाएका बालबिकासका
स का हरूलाइ असार देखि हाल सम्म तलब नदिएको बोर्डिङ हरू संघ कमिशन खाको जस्ता विद्यार्थीहरुको आरोप रहे ।

आफुहरुले पटक–पटक सच्चिन आग्रह गरेपनि नसच्चिएकाले कालो–मोसो दल्न बाध्य भएको विप्लव माओवादी निकट अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नवराज नेपालले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.