संखुवासभा,पुुस १८ गतेे ।
शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावलीको नीतिगत व्यवस्थापन पछि शैक्षिक क्षेत्रको विकास हुने बताउनु भएको छ । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसले आयोजना गरेको योगमाया विश्वबिद्यालय स्थापना विषयक अन्तरक्रियामा उहाले शिक्षालाई व्यवसायीक र विकास मैत्री बनाउन मन्त्रालय लागि परेको बताउनु भयो ।
मन्त्री पौडेलले समयनुकुल दक्ष जनशक्ति उत्पादन गरि रोजगार सृजना गर्नु पर्ने खा“चो औल्याउनु भयो । पौडेलले प्राविधिक, आर्युबेदिक लगायत विश्वविद्यँलयको माग जिल्ला जिल्लाबाट आईरहेको चर्चा गर्नु भयो । अरुण उपत्यका भित्र माग गरिएको प्राविधिक शिक्षा र योगमाया विश्वबिद्यालय स्थापना गर्न सबै लाग्नु पर्ने धारणा उहाले राख्नु भयो ।
उहाले शिक्षा मन्त्रालय योगमाया विश्वबिद्यालय स्थापनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
Post a Comment