धनकुटा, पुष १७ गते । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाका ११ वटा सडकको १ सय ९८ किलोमिटर क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थाई रुड परमीड दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सडकको अनुगमन गरी दिईएको सिफारीसको आधारमा ति सडकमा यातायात सञ्चालनका लागि अनुमति दिएको हो ।
बिभिन्न ११ सडक मध्ये मुढेवास कुरुले, जोरपाटी काजिमाने, पञ्चकसष्णमाबि खोकु र त्रिभेडी याक्चना सहित चार सडकको ३९ किलोमिटर सडकलाई हिउदमा मात्र यातायात सञ्चालन गर्ने र भेडेटार छ नम्वर बुधवारे, राजारानी मौनबुधुक बोधे, मुढेवास कुरुले लगायतका ७ सडकको १५९ कलिोमिटर सडकलाई बाहै महिना सञ्चालन गर्ने गरी रुड परमिड दिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले जानकारी दिनु भयो ।
यस अघि धनकुटामा कोशि राजमार्ग अन्र्तरगत पर्ने भेडेटार देखि चित्रे सम्मको करीब ६० किलोमिटर सडकमा मात्र सवारी साधनले यातायात सञ्चालनको लागि अनुमति पाएका थिए ।
Post a Comment