Websoft University

एलडीओ विदा बस्दा जिल्लाको विकास चौपट



इनरुवा, माघ २० गते । रातो तारा डट कम -
जिल्ला विकास समिति सुनसरीका कार्यकारी प्रमुख स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले लामो समयदेखि विदामा बसेका कारण कार्यालय मार्फत सञ्चालन हुने विभिन्न विकासका आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित बन्न थालेका छन ।

जिल्ला विकास र संसद विकास कोषमार्फत सञ्चालन भईरहेका विकास निर्माणका कामहरुको कार्यसम्पादन मुल्याङक, योजना अनुगमन, पेश्की भुक्तानी, अन्तिम लगत मुल्याङक, पेश्की फर्छौट, फरफारक, नयाँ योजनको सम्झौता, सञ्चालनसहितका कामहरु प्रभावित बनेका हुन ।

त्यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम र सीमा क्षेत्र विकास कार्यक्रमहरुका लागि इन्जिनियर र ओभरसियरसहितका कर्मचारी नियूक्त गरिएपनि उनीहरुले जिम्मेवारी पाउन नसक्दा ति योजना सञ्चालनको समय अनिश्चित बन्दै गएको एक कर्मचारीले गुनासो गरे ।

उनी विदामा जानु पूर्व कसैलाई पनि अख्तियार प्रत्यायोजन नगरेको कारण यस्तो अवस्था उत्पन्न भएको हो । एक कर्मचारीले वर्णमालासँग भने–एलडीओ सा’प लामो समयदेखि कार्यालय आउनु भएको छैन, उहाँले प्राविधिक कार्यालयका प्रमुख वा योजना अधिकृतिसहित कसैलाई अख्तियारी दिएको भए उहाँको अनुपस्थितिमा पनि काम सूचारु ढंगले अघि बढ्ने थियो तर त्यस्तो नभएको कारण अहिले हामी कर्मचारीहरुले सास्ती बेहोरिरहनु परेको छ।

जिल्ला सुरक्षा स्रोतका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले इनरुवा नगरपालिकाको नगरपरिषद भईरहेको बेला र सुनसरीका कार्यालय प्रमुखहरुको नियमित बैठकमा सार्वजनिक रुपमै अपमानित हुने गरी हप्की दप्की गर्दै उनको सार्वजनिक बेईज्जती गरेको कारण अपमानित महसुस गरी एलडीओ वाग्ले कार्यालय कम आउन थालेका हुन ।

आईहालेपनि दुई चार घण्टा मात्रै बसेर फेरि विदा गईहाल्ने गरेका छन ।\

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.