Websoft University

सडक भताभुंग भएपछि जनताको गुनासो बढदै


काठमाडौं, फागुुन ५ गतेे । रातो तारा डट कम,
काठमाडौंका मुख्य मात्रै हैन, भित्री सडक पनि प्रायः भताभुंग र धुलाम्य छन् । भत्किएपछि बेलैमा नबनाइदिएको भन्दै महानगरपालिका र सरकारलाई नै ‘सराप्ने’ स्थानीयहरु प्रशस्तै छन् । 

तर, आफ्नो गाउँ-टोलका यस्ता सार्वजनिक निर्माणका काममा सर्वसाधारणले सानो पहलकदमी लिने हो भने काठमाडौंमा सबै भित्रीबाटो मर्मतको समस्या नआउने महानगरपालिका बताउँछ ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सार्वजनिक निर्माणको काममा महानगरले लागू गरेको ‘७०-३० को जनसहभागिता सहितको कार्यक्रम’ को मोडलअनुरुप काम हुन नसक्दा यस्तो समस्या भएको बताउँछन् ।

महानगरपालिकाले लागू गरेको यो मोडलमा स्थानीयले खासै चासो नदेखाएकाले सबै ठाउँमा महानगरपालिकाकै मुख ताक्ने प्रवृत्ति बढेको तर्क उनको छ ।

यो मोडलअनुरुप महानगरभित्रका सार्वजनिक निर्माणका काममा स्थानीयले लागतको ३० प्रतिशत लगानी गरे महानगरपालिकाले ७० प्रतिशत रकम तत्काल भुक्तानी गर्छ ।
आयोजनाका बारेमा गुगल म्यापबाट प्राप्त नक्साका आधारमा एउटा निवेदन र रकम जुटेको प्रमाण पेश भएपछि महानगरले साना योजनमा रकम हालिहाल्छ ।

अहिले असनको राणाकालीन ढलको मर्मत यही मोडलमा भइरहेको छ । ढलको मर्मतका लागि स्थानीयले कूल लागतको ३० प्रतिशत रकम जुटाउनासाथ महानगरले ७० प्रतिशत रकम तुरुन्त निकाशा गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.