Websoft University

ठुलो मात्रामा चरेस सहित ५ जनालाई पक्राउ


बिराटनगर फागुन ६ गते। रातो तारा डट कम,
जिल्ला प्रहरी कार्यालय मोरंगको बिशेष टोली टाइगर वान ले बिहिबार दिउँसो ठुलो मात्रामा चरेस सहित ५ जनालाई पक्राउ गरेको भएपनी आज सम्म कुनैपनी जानकारी बारह ल्याउन प्रहरीले चाहेको छैन ।

बिराटनगरको बसपार्क नजीकै बाट ६० केजी भन्दा बढि मात्रामा चरेस सहित प्रहरीले ५ जना लाई पक्राउ गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय मोरंग ले पक्राउ गरेको बिषयमा बिभिन्न संञ्चार माध्यम बाट पक्राउपरेको बिषयमा जानकारी लिन चाहँदा प्रहरीले घटनाको बिषयमा ठाकछोप गर्न थालेको छ ।

पक्राउ परेका ब्याक्ति नेपाली नागरीक हुन वा अन्य देशका नागरीक हुन भन्ने बिषय समेत बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरीरहेको र बरामद भएको सामान चरेस हो या हैन भन्ने बिषयमा अहिले सम्म प्रहरीनै यकिन भइनसकेका कारण सुचना नदिइएको हुन सक्ने प्रहरी श्रोतले जनाएको

छ । तर पक्राउ परेका मानिस हरु ले भारत लैजाने क्रममा उक्त चरेस सहित मानिस पक्राउ परेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.