Websoft University

देशभरका ४० प्रतिशत पुल जोखिमपूर्ण अवस्थामा छन्



काठमाडौं, माघ २० गते । २०७३, रातो तारा डट कम -
देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ । तर, अधिकांश पुल निर्माण भएको ४० वर्ष पूरा भइसकेको छ । केही ४५ वर्ष पुगेका छन् । जोखिममा पुगेकामध्ये केहीको ‘लाइफ स्पान’ पूरा हुन लागेका, केही खोलाको बहावका कारण असर गरेका र केही डिजाइनमा कमजोरी हुँदा जोखिमको अवस्थामा रहेका छन् ।

सडक विभागका अनुसार सरकारले नयाँ पुल निर्माणलाई धेरै प्राथमिकता दिए पनि बनेका पुलको मर्मतसम्भारमा ध्यान दिएको छैन । सडक मर्मत गर्न विनियोजित बजेटसमेत कम रहेको छ । चालू आर्थिक वर्ष ०७३÷७४ मा पुल मर्मत गर्न ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस वर्ष विभागले दुई सय ५४ वटा पुल मर्मतको योजना ल्याएको छ ।
 अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.