Websoft University

पत्रकार महासंघको चुनावमा दुइ प्यानलको उम्मेद्वार घोषणा




बिराटनगर, फागुन ६ गते । रातो तारा डट कम,
फागुन ७ गते हुने नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनका लागि मोरङमा दुईवटा प्यानलले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलबाट अध्यक्षमा बन्धु पोखरेल, खुल्ला उपाध्यक्षमा नवराज कट्टेल, महिला उपाध्यक्षमा इन्दिरा भट्टराई, सचिवमा अर्जुन आचार्य, खुल्ला सहसचिवमा सन्तोष राई, समावेशी सहसचिवमा सत्यनारायण शर्मा र कोषाध्यक्षमा सन्तोष सिग्देलको उम्मेदवारी घोषणा गरिएको छ ।

सदस्यमा ध्रुव भट्टराई, श्रीमन्त भट्टराई, सुमन घिमिरे, सरोज बस्नेत, सशांक पौडेल, हरि अधिकारी, महिला सदस्यमा ज्योति चौहान, मधेशी सदस्यमा नवीन कर्ण, जनजाति सदस्यमा प्रेम देवान र दलित सदस्यमा किशोर विश्वकर्मा उम्मेदवार बन्ने प्यानलले जनाएको छ ।

केन्द्रीय पार्षद्मा यज्ञ शर्मा, मोहन भण्डारी, महेन्द्र विष्ट, विक्रम लुइँटेल, कमल रिमाल, ललिता भट्टराई, रामचन्द्र अधिकारी, किशोर बुढाथोकी, शान्ति दाहाल, तीलकुमारी शर्मा, विवेक गौतम, भक्तशेर लिम्बू, सञ्जीव खनाल, गोकुल पराजुली, घनश्याम भण्डारी, बिनु तिम्सिना, अर्जुन जम्नेली राई र अम्बिका भण्डारीलाई उठाउने निर्णय भएको छ ।

प्रदेश पार्षद्मा, नरेन्द्र दाहाल, माधव अधिकारी, विनोद घिमिरे, केदार चौहान, अविजाल विष्ट, दिनेश सुब्बा, नेत्रपी अधिकारी, मोहन भट्टराई, लोकबहादुर चौहान, प्रह्लाद गुरागाईं, सुरेश अधिकारी, सुरेश कार्की, डीबी बस्नेत, किशोर बस्नेत, सुमन सुस्केरा, केशव भट्टराई, सौखिन बान्तवा, सूर्यनारायण यादव, यादव विष्ट, पुष्पराज थपलिया, सन्तोष गौतम, किशन शाही र केशव निरौलाको नाम बिहीबार साँझ सार्वजनिक गरिएको
छ ।

नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज र सङ्घीय फोरम नेपालको प्यानलबाट अध्यक्ष पदका लागि अनन्तराज न्यौपाने, उपाध्यक्षमा कुमोद अधिकारी, महिला उपाध्यक्षमा सुशीला पाठक, सचिवमा स्वतन्त्र भनिएका सुवास कार्की, खुला सहसचिवमा किरण न्यौपाने, समावेशी सहसचिवमा जितेन्द्रनारायण ठाकुर र कोषाध्यक्षमा अरविन्दकुमार मेहताको उम्मेदवारी घोषणा भएको छ ।

यसैगरी खुला सदस्यतर्पm कौशल निरौला, यज्ञ अधिकारी, तेजन खड्का, विवेक मिश्र, नारायण राई, गोपाल काप्mले, महिला सदस्यतर्पm तारा आचार्य, समावेशी दलित सदस्यमा पदम सरदार र आदिवासी जनजातितर्पm बबिता राईको उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार उम्मेदवारी दर्ता
गर्ने कार्यक्रम छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.